अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले उद्घाटन गरेका अवैध टीभी च्यानलको छानबिन गर्न समिति गठन

प्रधानमन्त्रीले उद्घाटन गरेका अवैध टीभी च्यानलको छानबिन गर्न समिति गठन


काठमाडौं – प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन गरेपछि सूचना विभागले छानबिन थालेको छ ।

मिडियामा विदेशी लगानी ऐनबाटै प्रतिबन्धित भएकोमा योगगुरु रामदेवको उपस्थितिमा पतञ्जलीका दुई च्यानल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत सहभागी हुनुहुन्थ्यो । दुवै च्यानल सूचना तथा प्रसारण विभागमा दर्ता नभएको र प्रसारण अनुमतिसमेत नलिएको खुलेको छ । सो बारे सूचना तथा प्रसारण विभागले निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको विभागले जानकारी दिएको छ ।