अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी


जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको छ ।

महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको हो ।

जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको बताउनुभयो । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । विशेषगरी उहाँले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको उहाँको गुनासो छ ।