अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित


काठमाडौँ- गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार नियमावली संशोधन भएको हो ।

राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।

सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले झण्डै एक महिनादेखि आन्दोलन गरिरहेको छ ।