अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भगवती न्यौपानेद्वारा नेकपा एमालेको केन्द्रीय सदस्य घोषणा

भगवती न्यौपानेद्वारा नेकपा एमालेको केन्द्रीय सदस्य घोषणा


दमौली – नेकपा एमाले तनहुँकी नेतृ एवं राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यही मंसीर १०-१२ गतेसम्म चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाविशेनमा न्यौपाने महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

न्यौपानेको राजनीति यात्रा

२०५१ सालमा नेकपा एमालेको सदस्यता लिनुभएकी न्यौपाने २०५६ सालबाट यता निरन्तर एमालेको जिल्ला कमिटिमा विभिन्न पदको जिम्मेवारी समाली सक्नुभएको छ । न्यौापाने हाल एमाले तनहुँका सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहूँ जिल्ला इन्चार्ज समेत हुनुहुन्छ। विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाउनुभएकी उहाँ २०६२/६३ को आन्दोलनको चर्चित पात्र समेत हुन् ।

राष्ट्रिय सभामा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएकी नेतृ न्यौपानेको राष्ट्रिय सभामा हुने मन्तव्य चर्चित बन्दै आएको छ । पार्टीको नीतिलाई राष्ट्रिय राजनीतिका समसामयिक विषयलाई समेत सभामा उठाउदै आउनुभएको छ । त्यसैले एमालेको नेतृत्वमा रहेका नेताहरुको नजरमा न्यौपाने पर्दै आउनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ र तत्कालिन एमालेका नेताहरु सांसद श्रेष्ठसहित केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, शंकरनारयण श्रेष्ठ, विद्या ढकाल लगायतका नेताहरु नेकपा एसमा लागेर एमाले कार्यकर्ताहरुलाई तानातान गरिरहँदा नेतृ न्यौापानेले कार्यकर्तालाई जोगाउने मात्र हैन, पार्टीको पक्षमा दृढताका साथ उभिन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । अहिले तनहुँ क्षेत्र नम्बर १ मा न्यौपाने एमालेका कार्यकर्ताको आशा र भरोसाको एक मात्र नेता बन्न पुग्नुभएको छ ।

नेतृ न्यौपाने नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएमा तनहुँमा कार्यकर्ताको संरक्षण गर्ने र विपक्षीसँग राजनीतिक मुकाबिला गर्ने र केन्द्रले समेत भरोसा गर्न सक्ने शसक्त नेता पाउने आशा एमाले कार्यकर्ताले गरेका छन् । एमालेले यसपटक ३३ प्रतिशत महिला केन्द्रीय सदस्य ग्यारेन्टी गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्नेमा ढुक्क जस्तै देखिएको छ । पार्टी नेताहरुकै सल्लाहमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने र विजयी समेत हुनेमा ढुक्क रहेको न्यौपानेले बताउनुभयो ।