अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : तनहुँका १५ हजार चितवन झर्दै

एमाले महाधिवेशन : तनहुँका १५ हजार चितवन झर्दै


तनहुँ – नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी किनारमा सुरू हुँदैछ । आइतबारसम्म चल्ने महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता चितवन उर्ताने एमालेको दाबी छ ।

उद्घाटन सत्रमा तनहुँबाट १५ हजार कार्यकर्ता चितवन जाने भएका छन् । जिल्लाका गाउँगाउँबाट १५ हजार कार्यकर्ता चितवन लैजाने तयारी रहेको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले बताउनुभयो । ‘सबै पालिकाका वडा वडाबाट कार्यकर्ता महाधिवेशनमा जाने गरी व्यवस्थापन गर्दैछौँ । चितवनसँगै जोडिएको देवघाट गाउँपालिकाबाट धेरै जानेछन्’, उहाँले भन्नुभयो, ‘नजिकै भएकाले ऋषिङ गाउँपालिकाबाट पनि राम्रै उपस्थिति हुनेछ।’ पार्टीको पहिचान झल्काउँदै तनहुँका एमालेजन चितवन महाधिवेशनमा जाने उहाँको दाबी छ ।

महाधिवेशनमा तनहुँका १८ जना नेता प्रतिनिधिका रुपमा सहभागि हुनेछन् ।