अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा

एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा


चितवन – एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

शुक्रबारबाट सुरू हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो ।

सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनेमा आफू विश्वस्त रहेको बताएका उहाँले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताउनुभएको हो ।

कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको बताउनुभएका महाधिवेशनको स्वास्थ्य समितिको संयोजक समेत रहेका ढकालले ढकालले भन्नुभयो, ‘मेरो मात्र हैन कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस् भन्ने छ । म सचिवका लागि योग्य पनि छु । प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेका छन् । त्यसकारण म सचिवको उम्मेदवार हुँ ।’