अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमल थापा भन्नुहुन्छ, ‘केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेता अर्को छैन’

कमल थापा भन्नुहुन्छ, ‘केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेता अर्को छैन’


काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले समकालिन राजनीतिमा केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेता अर्को नभएको बताउनुभएको छ ।

एमालेको महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष थापाले भन्नुभयो, ‘एमाले कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति हो, अहिले देशको ठूलो राजनीतिक दल हो । तपाईंहरुको यो महाधिवेशनलाई देशविदेशमा केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेताले देशलाई संकटबाट मुक्त गर्न ऐतहिासिक योगदान गर्नुहुनेछ । सँगै सरकारमा रहँदा केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर राष्ट्रिय हितमा एकइन्च पनि आँच आउन दिएनौं । मधेसमा बलिरहेको आगो मत्थर बनाउन मद्धत गर्यौं ।’

थापाले चीनसँग ब्यापार, पारवहन रेल तेल र बिजुलीको दीर्घकालीन आर्थिक खाका कोर्न सक्षम भएको बताउनुभएको छ । उहाँले पछिल्लो सरकार विरोध अवरोधका बाबजुद दुई कामका लागि केपी ओली र एमालेलाई धन्यवाद दिने बताउनुभयो । ‘सिके राउतजस्तो पृथकतावादी र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा तपाईंहरुले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । लिम्पियाधुरासमेत समेटेर सिमाको रक्षाका लागि प्रतिबद्धता गरेको छ, चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गरेर अविस्मरणीय गुन लगाउनुभएको छ ।’