अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लीलामणि पोखेरल

केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लीलामणि पोखेरल


चितवन– माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनुभएको छ ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेको बताउनुभयो ।

राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उहाँले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताउनुभयो ।

एउटै दलले मुलुकको विकास र समृद्धि गर्ने नसक्ने भन्दै उहाँले एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्ने बताउनुभयो । कम्युनिष्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उहाँले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले एमाले महाधिवेशन र महाधिवेशनबाट चुनिने नेतृत्वको सफलताको शुभकामना दिनुभयो ।

एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिनुभएको छ । उहाँले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिनुभएको छ ।

राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उहाँले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिनुभयो ।