अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा


धनगढी – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता धनगढीमा सञ्चालन हुने भएको छ ।

पुस ३ गतेदेखि धनगढी–३ मा रहेको फाप्ला क्रिकेट मैदानमा राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिने क्यान सुदूरपश्चिम प्रदेशले जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि रेग्मीले बताउनुभयो ।

अध्यक्ष रेग्मीका अनुसार प्रतियोगिता सञ्चालनका लागि मूल आयोजक समिति तथा उपसमिति गठन गरिएका छन् । प्रतियोगितमा सात वटै प्रदेशबाट एक एक टोली र विभागीय एपीएफको टोली गरी आठ टिमको सहभागिता रहने अध्यक्ष रेग्मीले बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले दुई हजार, प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले दुई हजार पाँच सय, तथा उत्कृष्ट बलर र ब्याट्सम्यान्ले १५र१५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।