अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा प्रचण्डको असहमति

क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा प्रचण्डको असहमति


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारबाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।

‘अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो,’ गंगा दाहालले भन्नुभयो ।

नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन पालना नगरेको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाउँदै सोमपाल कामी र बलर कमलसिंह ऐरीको ६ महिनाको तलब रोक्का गर्ने निर्णय बुधबार गरेको थियो ।

यसैगरी प्रचण्डले भेटमा सदन सूचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सहमति जुटाउन प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभएको थियो । साथै नेपाली कांग्रेसको महाधिवेशनबाट सभापति निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।