अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको सभापति निर्वाचित भएकोमा देउवालाई बधाइ दिन बालुवाटारमा मेचीमहाकालीका बुहारी

कांग्रेसको सभापति निर्वाचित भएकोमा देउवालाई बधाइ दिन बालुवाटारमा मेचीमहाकालीका बुहारी


काठमाडौं – मेचीमहाकाली बुहारी संयुक्त आवाज प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएको उपलक्ष्यमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको उद्देश्य र संस्थाले हाल गरिरहेका कार्यको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।

विगत दुई वर्षदेखि महिला तथा बालबालिका हिंसाविरुद्धको अभियान साथै सडक प्रदर्शनको नेतृत्वदायी भूमिका निर्बाह गरी देशैभरिका महिला दिदीबहिनीको साहारा बन्दै आएको यो संस्थाको केन्द्रीय कार्यालय  झापाको बिर्तामोडमा रहेको र शाखा कार्यलयहरु काठमाडौं लगायत ४८ वटा जिल्ला स्थापना भइसकेको सचिव रेखा थापाले जानकारी दिनुभयो ।

यस संस्थाको केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा हुनुहुन्छ । बागमती प्रदेश कार्यक्रम तथा काठमाडौं संयोजक अन्जिला श्रेष्ठ, सचिव रेखा थापा, उपाध्यक्ष कविता श्रेष्ठ, कोषाध्यक्ष हिमा शेरचन, सदस्य ईश्वरी श्रेष्ठ र लक्ष्मी बस्नेतलगायत टीमको उपस्थितिमा प्रधानमन्त्रीलाई बधाइ दिंदै महिला तथा बालबालिकाको क्षेत्रमा विशेष ध्यानाकर्षणको लागि पहल गरेका छन् ।