काठमाडौं – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी निलम्बनमा परेका छन् ।
पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । छानविन गर्न समिति गठन गरेसँगै डा.धनन्जय रेग्मी निलम्बनमा परेका हुन् ।
रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुव्र्यवहारपछि स्पष्टीकरण सोधिएको थियो । उहाँमाथि अन्य आरोपहरु समेत लागेपछि बोर्ड बैठक बसेर छानविन समिति गठन गरेको हो । समितिलाई १५ दिनको समय दिइएको छ । त्यतिन्जेल रेग्मी निलम्वनमा पर्नेछन् । रेग्मीको अनुपस्थितिमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापाले पाउनुभएको छ ।
समितिले छानविनका क्रममा रेग्मी दोषी भेटिएमा बोर्डले रेग्मीलाई कारवाही गरेर हटाउनेछ ।







प्रतिक्रिया