अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी भित्र पहिलो पटक मतदान, बागमतीको अध्यक्षमा सरल सहयात्री विजयी

माओवादी भित्र पहिलो पटक मतदान, बागमतीको अध्यक्षमा सरल सहयात्री विजयी


काठमाडौँ- नेकपा माओवादी केन्द्रमा पहिलो पटक नेतृत्व चयनका लागि मतदान भएको छ ।

बागमती प्रदेश कमिटीको पदाधिकारीमा उम्मेदवार धेरै भएपछि माओवादीले आफ्नो इतिहासमा पहिलो पटक नेतृत्व चयनका लागि मतदानको अभ्यास गरेको हो ।

राति अबेर सुरू भएको मतदानको नतिजना मंगलबार बिहान प्राप्त भएको छ । नतिजा अुनसार अध्यक्षमा सरल सहयात्री विजयी हुनुभएको छ । उपाध्यक्षमा प्रेम पुलामी मगर, रुपा महर्जन र राम प्रसाद ढुंगाना विजयी हुनुभयो ।

त्यस्तै सचिवमा ईन्द्र बहादुर थिङ विजयी हुनुभएको छ । सह-सचिवमा माधव लामिछाने, दल बहादुर बुर्लाकोटी र प्रकाश श्रेष्ठ विजयी भएका छन भने कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित हुनुभयो ।