अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिहान तराईमा हुस्सु, राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको आँकलन

बिहान तराईमा हुस्सु, राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको आँकलन


काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएको छ ।