काठमाडौं – फ्रान्सले स्वास्थ्य, पर्यटन र सुरक्षा गार्डमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले नेपाली श्रमिक फ्रान्स लाने प्रस्ताव गर्नुभएको हो ।
नेपालबाट जाने कामदारलाई फ्रान्सेली नागरिकले पाउने सेवा सुविधा अनुसार दिइने राजदूत बुर्बाओले बताएको श्रम मन्त्रालयले जनाएको छ ।
‘फ्रान्सले नेपालबाट कामदार लिने इच्छा देखायो । सोहीअनुसार नेपालले तयारी गर्दैछ’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘नेपालले सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार पठाउँछ । फ्रान्ससँग नेपालको पुरानो कुटनीतिक सम्बन्ध छ । अब रोजगारीमार्फत नयाँ सम्बन्ध विस्तार हुन्छ ।’
फ्रान्सले नेपालबाट भाषा तथा व्यवसायिक तालिम लिएका दक्ष कामदार लिन खोजेको छ । फ्रान्स रोजगारीमा जाने दक्ष कामदारको मासिक तलब २ लाखभन्दा बढी हुने श्रम मन्त्रलायले जनाएको छ ।
युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरू रोजगारीका जाने गरेका छन् । फ्रान्समा २ हजारभन्दा बढी नेपाली रोजगारीका कार्यरत रहेको श्रम मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया