अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर एमाले अधिवेशन : सहमतिमै नेतृत्व चयनमा जोड

ललितपुर एमाले अधिवेशन : सहमतिमै नेतृत्व चयनमा जोड


ललितपुर – ललितपुर मंगलबजारमा आयोजित एमालेको आठौं जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले विपक्षी पार्टीहरूबाट चौतर्फी आक्रमण भइरहेको अहिलेको अवस्थामा सहमतिमै अघि बढ्न सके मात्रै आफूहरूको जित हुने बताउनुभयो  । महासचिव पोखरेलले भन्नुभयो, ‘केही महिनामै स्थानीय निर्वाचन आइरहेको छ । तपाईंहरु मिलेरै अघि बढ्दा फाइदा छ ।’

पोटिलव्युरो सदस्य सुशीला नेपालले ललितपुरका ६ वटै पालिकामा विजयी हुन सहमतिका साथ नेतृत्व चयन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ललितपुरमा सहमतिका साथ अघि बढ्ने हो भने हामी स्थानीय तहमा विजयी हुन्छौं ।’

उहाँले भन्नुभयो, ‘यहाँ खासै नेतृत्वका विषयमा मिल्न नसक्ने केही छैन । नत्र भने लोकतान्त्रिक विधि त छदैछ ।’

संघीय सांसद नवराज सिलवालले एमालेभित्र खेलेर विपक्षीले सधैँ फुटाउन मात्रै खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यही बेला हामी मिलेर अघि बढ्नुपर्छ ।’ सिलवालले ललितपुरमा जुझारु नेतृत्व आउने विश्वास व्यक्त गर्दै जिल्लाको राजनीतिमा सुनौला दिनहरू सुरु हुने बताउनुभयो ।

नेकपा एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले आफ्नो कार्यकालमा एमालेले ललितपुरमा उल्लेख्य उपलब्धि गराएको बताउँदै यी उपलब्धि जोगाउनका लागि पनि सहमतिको नेतृत्व जरुरी रहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही महिनामै स्थानीय निर्वाचन आउने र त्यस लगत्तै प्रदेश र केन्द्रको निर्वाचन आएको हुँदा सहमतिका साथ जानसके कसैको मनमा आन्तरिक मनमुटाब नहुने हुँदैन । मिलेर जाँदा हाम्रो विजय हुन्छ ।’

पाटनका विभिन्न गल्लीहरू हुँदै नेता कार्यकर्ताहरू मंगलबजारमा उद्घाटन समारोहसम्म र्‍यालीको आयोजना गरिएको थियो ।