अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव र झलनाथलाई गल्ती गरेको महसुस हुनेछ : युवराज ज्ञवाली

माधव र झलनाथलाई गल्ती गरेको महसुस हुनेछ : युवराज ज्ञवाली


दाङ- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी विभाजन गरेर माधव नेपालहरुले ठूलो गल्ती गरेको बताउनुभएको छ ।

नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले पार्टी विभाजन गरेकामा माधव नेपाल र झलनाथ खनालहरुहरुलाई गल्ती महसुस हुने बताउनुभयो । ‘पार्टी नफुटाउनुस् भनेर माधवजीहरुलाई व्यक्तिगत रुपमा धेरै सम्झाएँ, उहाँहरु मान्नु भएन’ उहाँले भन्नुभयो, ‘त्यो दिन आउँछ, माधव र झलनाथजीहरुलाई विगतमा पार्टी विभाजन गरेर गल्ती गरेको महसुस हुनेछ ।’

ज्ञवालीले माधव नेपालले पार्टी विभाजन गरेर भिरबाट हाम फालेको टिप्पणी गर्नुभयो ।