अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दाङ अध्यक्षमा हुकुमबहादुर बस्नेत

एमाले दाङ अध्यक्षमा हुकुमबहादुर बस्नेत


दाङ  – नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । पार्टी विभाजनपछि अध्यक्षको जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका-१२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भएका छन् ।

तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १२१ सदस्यको चयन गरिएको छ ।