अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जिल्ला अधिवेशन : रसुवाको अध्यक्षमा दुई जनाको दाबी

एमाले जिल्ला अधिवेशन : रसुवाको अध्यक्षमा दुई जनाको दाबी

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू


रसुवा – नेकपा एमाले रसुवाको बन्दसत्र सुरू भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सुरू भएको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शनिबार दिउँसोदेखि बन्दसत्र सुरू भएको हो ।

नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा तामाङका अनुसार नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ । माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको हो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कमिटीले आवश्यक प्रक्रिया सुरू गरेको जनाएको छ ।

नेकपा एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्यसमिति चयन हुने भएको छ । अध्यक्षका लागि कन्र्याल तामाङ र अशोक घिमिरे दावेदार रहेका छन् । जिल्लाभरबाट ५५६ जना प्रतिनिधि नयाँ नेतृत्व चयनका लागि सहभागी छन् ।