अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले इलाम अधिवेशन : अध्यक्षसहित सबै पदमा चुनाव हुने

एमाले इलाम अधिवेशन : अध्यक्षसहित सबै पदमा चुनाव हुने


इलाम – नेकपा एमाले इलामको नेतृत्व चयनको लागि भइरहेको १०औं जिल्ला अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारीमा निर्वाचन हुने भएको छ ।

अध्यक्षमा महेश बस्नेत र डा. देवी क्षेत्री दुलालले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्षमा उदयबहादुर राई र याम अधिकारीको उम्मेदवारी परेको छ ।

यस्तै सचिवमा प्रकाश अधिकारी र उमेश गुरुङको उम्मेदवारी परेको छ । दुई उपसचिवको लागि विष्णुमाया आचार्य, रमेश राई, छवि श्रेष्ठ, रवीन्द्र सुवेदी, सन्तराम योङहाङ र नरेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीसहित १०५ पाँच सदस्यीय कमिटीको लागि दुई सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।