अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेलसहित ५ जना पदाधिकारी सर्वसम्मत निर्वाचित

एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेलसहित ५ जना पदाधिकारी सर्वसम्मत निर्वाचित


विराटनगर– एमाले मोरङको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेलसहित ५ जना पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, उपसचिवमा शान्ति भुजेल र अर्का उपसचिवमा सन्तोष साह निर्विरोध निर्वाचित भए।

निर्वाचन अधिकृत चुडामणि आचार्यले ५ जना पदाधिकारीमा ५ जनाको मात्रै उम्मेदवारी परेकोले सबै प्रक्रिया पूरा गरेर सर्वसम्मत निर्वाचित भएको जानकारी दिनुभयो । १६५ सदस्यीय जिल्ला कमिटीमा १६० जना सदस्यका लागि ३९४ जनाको उम्मेदवारी परेको थियो ।