अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित

गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित


गुल्मी – नेकपा एमाले गुल्मीको ११औं अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा  र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए ।

निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै उप–सचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्री आचार्य र केशव बहादुर चन्दले मनोनयन दर्ता गराएको खनालले जानकारी दिनुभयो । अहिलेसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत टुङो लागेको एमाले नेता ओम कार्कीले जानकारी दिनुभयो । उपाध्यक्ष र उपसचिवसहित केही सदस्य पद पनि सर्वसम्मत बनाउने प्रयास भएको कार्कीले बताउनुभयो । ११औं जिल्ला अधिवेशनको लागि ७१० प्रतिनिधि रहेका छन् ।

प्रदीप ज्ञवाली र गोकर्ण विष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन कस्सिएका छन् । मौसम प्रतिकुल र नेतृत्व  सर्वसम्मत टुङ्गो लाग्न थालेपछि प्रतिनिधि घर फर्किन थालेका छन् ।