अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा सर्वसम्मत हुन नसकेका जिल्लाहरुमा आज निर्वाचन

एमालेमा सर्वसम्मत हुन नसकेका जिल्लाहरुमा आज निर्वाचन


काठमाडौं- हिजो दिनभर पनि जिल्ला नेतृत्वको लागि सर्वसम्मत नभएका जिल्लाहरुमा आज निर्वाचन हुदैछ । केही जिल्लाहरुमा हिजो नै मतदान भएर आज विहानै देखि परिणामा आउने क्रम जारी छ ।
पार्टीले प्यानल खडा गरेर निर्वाचन गर्न नपाइने भने पनि केही जिल्लामा अध्यक्ष सहितको प्यानल खडा गरेर निर्वाचन भएको एमालेले जनाएको छ । अस्ती २३ गते ६४ जिल्लाका अधिवेशन एकै पटक सुरुभएका थिए । आज दिनभरीमा अधिकांस जिल्लाको मत परिणाम आइसक्ने अपेक्षा गरिएको छ । सर्वसम्मत भएका जिल्लाहरुमा पनि पदाधिकारी बाहेकका पदमा ठूलो संख्यामा उम्मेद्वारी परेकोले सहमतीमा जिल्ला सदस्य चयन गर्न सकस परेको छ ।