अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली झापामा

एमाले अध्यक्ष ओली झापामा


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाका विभिन्न कार्यक्रममा भाग लिन भद्रपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई भद्रपुर विमानस्थलमा नेता कार्यकर्ताहरुले स्वागत गरे ।

ओलीका संसद प्रतिनिधि एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार झापामा १२ भद्रपुरमा नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि आफ्नो निर्वाचन क्षेत्र झापाा ५ को कमल गाउँपालिका ७ गेउरियामा निर्माणाधिन आयूर्वेदिक औषधालयको निरीक्षणको कार्यक्रम छ ।

कमल गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीका अनुसार त्यसपछि वडा नं २ क्याम्पास्थित तोपगाछी खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले आजै झापा क्षेत्र नं. ४ झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली आजै अपरान्ह चार बजे भद्रपुरबाटै काठमाडौं फर्कने कार्यक्रम छ ।