अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो सरकारलाई असहयोग गर्नु भन्ने कांग्रेसको कर्मचारीलाई उर्दी थियोः अध्यक्ष ओली

मेरो सरकारलाई असहयोग गर्नु भन्ने कांग्रेसको कर्मचारीलाई उर्दी थियोः अध्यक्ष ओली


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालिन सरकारलाई असहयोग गर्न कांग्रेसले उर्दी जारी गरेको स्मरण गर्नुभएको छ ।

झापाको चन्द्रगढीमा नेपाल निजामती कर्मचारी संगठनको भवन उदघाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले लोकतान्त्रिक मुल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गर्नुभयो । उहाँको भनाइ थियो, ‘तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ, तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन ।’

सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेकोसमेत अध्यक्ष ओलीले बताउनुभयो ।

एनआरएनएको चुनाव रोकेर कांग्रेस सरकार लोकतान्त्रिक मुल्य मान्यताविरुद्ध गएकोसमेत उहाँले बताउनुभयो ।