अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गोरखा अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत

एमाले गोरखा अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत


गोरखा – नेकपा एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनले अध्यक्ष प्रेमबहादुर गुरुङसहित ६० जना सदस्यलाई सर्वसहमत चयन गरेको छ । शुक्रबार सुरू भएको अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ६० सदस्य सर्वसम्मत चयन भएका हुन् ।  

उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोकाको एकल उमेदवारी परेको थियो । ‘तीन जना पदाधिकारी, भूगोलतर्फबाट जिल्ला कमिटी सदस्य ५० जना र खुला महिलातर्फबाट सात जना जिल्ला कमिटी सदस्यसहित ६० जना सदस्य सर्वसम्मत भएका हुन्,’ निर्वाचन अधिकृत रमेश अधिकारीले भन्नुभयो ।

पदाधिकारीमध्ये उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि तीन जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको हो ।

यस्तै, पुरुष खुला सदस्यमा २० सिटमध्ये २९ जनाको उम्मेदवारी परेको छ भने उत्पिडितमा तीन सिटमध्ये १३ जनाको उम्मेदवारी परेको छ । यस्तै, जनजाति पुरुषमा पाँच सिटमध्ये १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘सिटभन्दा बढीको उम्मेदवारी परेपछि उपसचिव, पुरुष खुला, उत्पिडित, जनजातितर्फ निर्वाचन भइरहेको छ,’ अधिकृत अधिकारीले भन्नुभयो । सर्वसहमत हुन नसकेका पद निर्वाचनबाट टुङ्ग्याउन आइतबार बिहान १०:१५ बजेबाट मतदान सुरू भएको छ । बिहान साढे ७ बजेदेखि मतदान भनि पनि समयमै सुरु हुन सकेको थिएन ।

अधिवेशनमा ५९८ जना प्रतिनिधिले मतदान गर्ने छन् । अहिलेसम्म करीब तीन सय जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने अधिवेशन अध्यक्ष मण्डलकी अध्यक्ष तथा केन्द्रीय सदस्य सम्झना देवकोटाले जानकारी दिनुभयो । निर्वाचित कमिटी तथा अध्यक्षले १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान छ ।

मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।