अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी


काठमाडौं – नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले मतदानका लागि निर्धारित समयमा उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध अध्यक्ष बनेका हुन् ।

९औं  जिल्ला अधिवेशनबाट अध्यक्षमा केसी, उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे, उपसचिवद्वयमा चित्रबहादुर कार्की, हितराज पन्थी चयन भएका छन् । अधिवेशनले १५१ सदस्यीय रुपन्देही जिल्ला कमिटी बनाएको छ ।