अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सिन्धुलीको अध्यक्षमा कुमार बहादुर कार्की

एमाले सिन्धुलीको अध्यक्षमा कुमार बहादुर कार्की


सिन्धुली -नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमार बहादुर कार्की (रामकुमार) विजयी हुनुभएको छ ।
अहिले केहीबेर अघि सकिएको मतगणना अनुसार कार्कीले ४८८ मत ल्याएर निकटतम प्रतिवन्दी प्रदिप कुमार कट्वाललाई पराजित गर्नुभएको हो ।
यस्तै उपाधक्ष्यमा कर्णबहादुर घिसिङले ४४९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिवन्दी बिनोद कुमार खड्काले ४०४ मत प्राप्त गर्नुभएको छ । सचिवमा नायारण बराल निर्विरोध निर्वाचित हुनुभएको छ । उपसचिवमा रश्मिला देवकोटाले ४६५ र मञ्जु देवकोटा ४४५ मत ल्याएर विजयी हुनुभएको निर्वाचिन समितीले जनाएको छ ।