अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको सभासम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन

पार्टीको सभासम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन


काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टी ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् ।

सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपाल एक विज्ञप्ति जारी गर्दै उहाँले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिनुभएको हो । उहाँले आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गर्नुभएको छ ।

ने‍ता नेपालले चार बुँदे अनुरोध गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै र तोकिएका उमेर समूहकालाई खोप लगाउन आग्रह गर्नुभएको छ ।

अध्यक्ष नेपालले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिएका छन् । देशभर कोरोना भाइरस संक्रमण बढेको भन्दै उहाँले त्यसप्रति सचेत हुनुपर्ने भन्दै पार्टीका कार्यक्रम गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् ।