पोखरा – नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन भएका छन् । सोमबार सकिएको अधिवेशन अन्तर्गत पौडेलको अध्यक्षतामा ९० सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । उनी महाशिला गाउँपालिकाका अध्यक्ष हुन् ।
अध्यक्षमा पौडेल सहित कार्यवाहक अध्यक्ष भक्त कुँवर, फलेवासका मेयर पदमपाणी शर्मा, देवेन्द्रराज पाण्डे र जिल्ला उपसचिव गोविन्द पहाडीको दाबी थियो । मेयर शर्मा उपाध्यक्षमा चयन भएका छन् । पार्टीको नयाँ सचिवमा गोविन्द पहाडी तथा उपसचिवमा शिव पौडेल र विमल लामिछाने चयन भएका छन् । अधिवेशनमा जिल्लाभरबाट ४ सय १६ प्रतिनिधिहरू उपस्थित थिए ।
प्रतिक्रिया