अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पृथ्वीनारायण शाहबारे योगेश भट्टराई– ‘तीन करोड नेपालीका गौरव’

पृथ्वीनारायण शाहबारे योगेश भट्टराई– ‘तीन करोड नेपालीका गौरव’


काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय एकताका लागि पृथ्वीनारायण शाहले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

पुस २७ लाई राष्ट्रिय एकता दिवस भन्ने कि नभन्ने भन्ने चर्चाका बीच नेता भट्टराईको उक्त भनाइ आएको हो । भट्टराईले राष्ट्रिय एकता दिवश नभनी ‘पुष २७ का बारेमा’ भनेर बिहानै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । ‘एकीकरणको अभियानमा नेपालका सबै जात, जाति, महिला, पुरुष, बालबालिका, युवा, बृद्ध, बृद्धा सबैको उत्साहजनक सहभागिता रहेको इतिहास साक्षी छ,’ भट्टराईले लेख्नुभएको छ ।