अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दैलेखमा निर्वाचनबाट पदाधिकारी चुनिँदै

एमाले दैलेखमा निर्वाचनबाट पदाधिकारी चुनिँदै


सुर्खेत – एमालेको दैलेख जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्न नसकेपछि निर्वाचन हुने भएको छ। अध्यक्षसहित सबै पदाधिकारी तथा खुला सदस्य पदमा निर्वाचन हुन लागेको हो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध चयन भएका छन् ।

अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । उपसचिव पुरुष (खुला) तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपसचिव महिलातर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको छ । आजै मतदान हुने नेकपा एमाले दैलेखले जनाएको छ ।

जिल्ला कमिटीमा सदस्यमा भने निर्विरोध निर्वाचित भएका छन् ।