अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी


धनगढी – नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् ।

यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् ।

एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित भएका छन् ।

एमाले दार्चुला अधिवेशनका लागि छनौट भएका ७७६ प्रतिनिधि मध्ये ७०७ जनाले मतदान गरेका थिए । अध्यक्षमा विजयी भएका धामी दार्चुलाको नौगाढ गाउँपालिकाका अध्यक्ष हुन् ।