अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अछाम अधिवेशन : तीन सय मत गन्दा बोहरा अघि

एमाले अछाम अधिवेशन : तीन सय मत गन्दा बोहरा अघि


अछाम – नेकपा एमाले अछामको आठौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतपरिणम आउन थालेको छ । प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यान अघि देखिएको छ ।

मंगलबार भएको मतदानको बुधबार बिहानदेखि गणना सुरु भएको हो । जिल्ला सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना जारी छ ।

पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्ने छ नेकपा एमाले अछामले जनाएको छ । यस्तै तीन सय मतगणना हुँदा अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको अग्रता कायम छ । बोहरा २२ मतले अघि छन् । बोहराले १५८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश शाहले १३६ मत पाएका छन् ।