अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संखुवासभा अध्यक्षमा घिमिरे

एमाले संखुवासभा अध्यक्षमा घिमिरे


संखुवासभा – नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

पुस २६ गते ८औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गर्नुभएको थियो ।  सहमतिका लागि मंगलबार र बुधबार दिनभर प्रयास गरिएको थियो ।

उपाध्यक्षमा कृष्ण तामाङ, सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।

उपसचिव खड्का नेकपा माओवादी केन्द्रबाट केही दिनअघि एमालेमा प्रवेश गरेका हुन् । बुधबार साँझसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको हो ।

सोमबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनमा एक हजार जना भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताउनुभयो ।