अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित

कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित


उदयपुर – कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ ।

थारु कल्याणकारिणी सभाले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुँदा तेस्रो माघी महोत्सव स्थगित गरिएको थाकस उदयपुरका सभापति शिवकान्त चौधरीले जानकारी दिनुभयो ।