अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रौतहट अधिवेशन १ माघमा

एमाले रौतहट अधिवेशन १ माघमा


रौतहट- नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन यही १ माघमा हुने भएको छ । कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भईरहेको छ ।

‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भने, ‘अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भईरहेको छ ।’ एमाले प्रदेश–२ मा आन्तरिक विवादका कारण सिरहाबाहेक अन्यमा नयाँ नेतृत्व आएका छैनन् ।