अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमोर्चाको प्रदेश सम्मेलन रोकियो, नयाँ मिति घोषणा

जनमोर्चाको प्रदेश सम्मेलन रोकियो, नयाँ मिति घोषणा


काठमाडौं – राष्ट्रिय जनमोर्चाले १५-१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको  प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ ।

‘कोरोना महामारी बढेपछि १५-१६ माघमा सात वटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौं,’ अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयो, ‘अब त्यो फेरबदल गरेर ६ र ७ फागुनमा सम्मेलन गर्ने छौं ।’

संघीयताविरोधी एक मात्र दल जनमोर्चाले प्रदेशस्तरमा सम्मेलन गर्न लागेको यो पहिलो पटक हो ।