अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी इलाम अध्यक्षमा भीम चापागाईं

प्रेस चौतारी इलाम अध्यक्षमा भीम चापागाईं


इलाम – प्रेस चौतारी इलामको अध्यक्षमा भीम चापागाईं चयन हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रेस चौतारीको नवौं अधिवेशनले चापागाईंको अध्यक्षमा सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन गरेको हो ।

समितिको उपाध्यक्षमा योगेन्द्र शंकर र शुष्मा श्रेष्ठ, सचिवमा किरण पौड्याल, सहसचिवमा मनोज अधिकारी र सरिता राई, कोषाध्यक्षमा भगीरथ भण्डारी चयन भएका हुन् । त्यस्तै सदस्यमा वन्दना अधिकारी, तारा खाति, वविता मैनाली, शान्ति गुरुङ, गोविन्द लामिछाने, दीपक राई, मिलन मुखिया, बुद्धराज लिम्बु, विवश बलिभद्र कोइराला, सैरभी सुनुवार चयन भएका छन् ।

अधिवेशनको अवसर पारेर प्रेस चौतारी पत्रकारिता पुरस्कार मनोज अधिकारीलाई प्रदान गरिएको छ । दश हजार रुपैयाँ राशिको सो पुरस्कार नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज राम रानाले अधिकारीलाई प्रदान गरेका हुन् । इलाम खबर अनलाइनका सञ्चालक सम्पादक रहेका अधिकारी बुद्धबाणी एफएममा समाचार प्रमुखको रूपमा कार्यरत छन् । प्रेस चौतारीले स्थापना गरेको सो पुरस्कार यसअघि गणेश अर्यालले पाएका थिए ।