अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीका युवाहरु एमाले प्रवेश

माओवादीका युवाहरु एमाले प्रवेश



काठमाडौं -माओवादीको खोटाङको केपिलास काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष विवेक राईको नेतृत्वमा १५ जना माओवादी युवाहरु एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई आज एमाले केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले प्रवेश गराउनुभएको हो । राई सहित १५ जना युवाहरुलाई एमालेमा स्वागत गर्दै भट्टराईले एमालेले नव प्रवेशीहरुलाई सम्मानजक जिम्मेवारी दिने बताउनुभयो । ‘एमालेमा प्रवेश गरेका युवाहरुले जनमत निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्’ पार्टी प्रवेश गराउदै भट्टराईले भन्नुभयो ।