अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा प्रेस चौतारीः क्रियाशील पत्रकारको नेतृत्व

प्रदेश १ मा प्रेस चौतारीः क्रियाशील पत्रकारको नेतृत्व


विराटनगर– प्रेस चौतारी, नेपालको नेतृत्व चयन धमाधम भइरहेको छ ।

पोखरामा हुने महाधिवेशन अगाडि नै जिल्ला अधिवेशन गर्ने केन्द्रीय कमिटीको निर्णयअनुसार प्रदेश १ का तीन बाहेक जिल्लामा अधिवेशन भएको छ । ताप्लेजुङमा शनिबार अधिवेशन तय भएको केन्द्रीय सदस्य प्रेम गुरागाईंले जानकारी दिनुभयो ।

भोजपुर र तेह्रथुममा पनि अधिवेशनको तयारी भइरहेको केन्द्रीय सदस्य ध्रुव सुवेदीले बताउनुभयो ।

प्रेस चौतारी प्रदेश १ ईन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईका अनुसार पाँचथरमा रविन्द्र काफ्ले, इलाममा भीम चापागाईं, झापामा मनकुमार गदाल, मोरङमा सुदीप कोइराला, सुनसरीमा शुभद्रा प्याकुरेल र धनकुटामा रविन कट्टेलको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ ।

सङ्खुवासभामा प्रेम निरौला, उदयपुरमा जीवनाथ दाहाल, खोटाङमा सञ्जीव राई (सीताराम), ओखलढुङ्गामा सरस्वती बाँनिया
र सोलुखुम्बुमा डिल्ली शर्मा अध्यक्ष चयन हुनुभएको छ ।

भट्टराईका अनुसार प्रेस चौतारीको नयाँ टिम क्रियाशील र व्यवसायिक पत्रकार आएको छ ।