बुटवल- नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल ठगी धन्दामा लागेकोले तयसको छानविनको माग गर्दै केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बहिष्कार गरेका छन् ।
बैठक सुरु हुनासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको दुरुपयोग गरेको, अध्यक्षले विभिन्न व्यापारिक घरानामा पैसा मागेको र विवादित कार्यक्रममा सहभागी भएर संस्थागत मान्यता दिएकोले त्यसको छानविन हुनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ ।
मिडिया अवार्डका नाममा यति धेरै विरोध भए पनि त्यसमा अध्यक्ष आफैं सहभागी हुने,त्यसपछि उठेका प्रश्नमा पनि मौनता साँध्ने काम भएकोले त्यस बिषयमा स्पष्ट नपारेसम्म बैठक अघि नबढाउन माग गर्दै आफूहरु बाहिरिएको केन्द्रीय सदस्य बबिन शर्माले जानकारी दिनुभयो । पोखरेललाई महासंघको चुनावमा सघाउने प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका सदस्यहरुले नै बैठक बहिष्कार गरेका हुन् ।







प्रतिक्रिया