अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासंघ अध्यक्षलाई बैठक स्थलबाट बाहिर निकालेर छानिवन समिती गठन

महासंघ अध्यक्षलाई बैठक स्थलबाट बाहिर निकालेर छानिवन समिती गठन

शिव गाउँले,धर्मेन्द्र झा र सुरेश आचार्य भएको समिती गठन


बुटवल -मिडिया अवार्ड लगायतका बिषयमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको संलग्नताको प्रश्न उठेपछि तीन सदस्यीय छानविन समिती गठन भएको छ ।
हिजो कपिलवश्तुमा भएको महासंघको बैठकमा सहभागी एक सदस्यका अनुसार अध्यक्ष पोखरेललाई बैठकबाट बाहिर निकालेर अन्य पदाधिकारी र सदस्यले छानविन समिती गठन गरेका हुन् ।
महासंघका एक सदस्यका अनुसार अध्यक्षको बिषयमा छानविन गर्नु पर्ने भएकोले उनकै अध्यक्षतामा बैठक बसेर समिती बनाउन नमिल्ने भएकोले पोखरेललाई बैठक कक्षबाट बाहिर निकालिएको हो ।
अध्यक्षको बिषयमा छानविन गर्न बरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बैठक बसेर महासंघका तीनजना पूर्व अध्यक्षको भएको समिती गठन गरिएको छ । पूर्व अध्यक्षहरु शिव गाउँले,धर्मेन्द्र झा र सुरेश आचार्य भएको समिती गठन गरिएको छ । समितीको म्याद तोकिएको छैन । तर म्याद उल्लेख नभएसम्म अधिकांस सदस्यहरुले निर्णय पुस्तिकामा हस्ताक्षर नगर्ने अडान लिएका छन् ।
हिजो बैठक सुरु हुनासाथ विवादित मिडिया अवार्डमा महासंघका अध्यक्ष सहभागी भएर मर्यादा विपरित काम गरेको आरोप लगाउदै केही सदस्यहरुले बैठक बहिस्कार गरेका थिए । अध्यक्ष पोखरेले माफी मागेपछि बैठकमा ति सदस्यहरु सहभागी भएका थिए ।