अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोना पुष्टि


काठमाडौं – काठमाडौं उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

आज उपत्यकामा मात्रै थप ३ हजार ३४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ। १५ हजार १३१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। योसँगै देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । आज ४३५ जना संक्रमित निको भएर घर समेत फर्किसकेका छन्।