अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि

१७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि


काठमाडौं – पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ जनामा गरिएको नमुना परीक्षणमा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् । १ लाख ४३ हजारले पछिल्लो अवधीमा खोप लगाएका छन् ।

आज काठमाडौं उपत्यका मात्र ३९३९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन् ।

९ जिल्लामा मात्र सक्रिय संक्रमित ५०० भन्दा माथि छन् । आठ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा माथि छन् ।