अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झाँक्रीलाई बास्कोटाको व्यंग्य : तिमी छौ र त देशभक्ती बाँचेको छ !

झाँक्रीलाई बास्कोटाको व्यंग्य : तिमी छौ र त देशभक्ती बाँचेको छ !


काठमाडौं -नेकपा एमालेको पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले कालापानी लिपुलेक बारे सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अभिव्यक्तीलाई व्यंग्य गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन अभियान्ताले मात्र बोल्न मिल्छ भनेको बिषयलाई व्यंग्य गर्दै लेख्नुभएको छ ‘धन्य हाम्रो अग्रगामी सरकार । तिमी छौ र त हाम्रो देशभक्ती र लोकतन्त्र बाँचेको छ ।’
बास्कोटाले लेख्नुभएको छ ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो , कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन ,अभियान्ताले मात्र बोल्न मिल्छ । धन्य,हाम्रो अग्रगामी सरकार,तिमी छौ र त हाम्रो देशभक्ती र लोकतन्त्र बाँचेको छ ।’