अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो

सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो


सप्तरी – सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ। सप्तरीको रूपनी गाउँपालिका-१ की ७५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो।

माघ १ मा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै एकी थिइन् ।’

२ माघमा पीसीआरका लागि ७५ जनाको स्वाव संकलन गरेकोमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ । यो सँगै सप्तरीमा कोरोना पोजेटिभको संख्या १०५ पुगेको छ।

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताउनुभयो । उनीहरू होम आइसोलेसनमा छन् ।