अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफ्नो डेढ करोड रुपैंया बरारबको क्षती भएकोले महोत्सव आयोजकले तिर्नुपर्ने खेसरीलालको दाबी

आफ्नो डेढ करोड रुपैंया बरारबको क्षती भएकोले महोत्सव आयोजकले तिर्नुपर्ने खेसरीलालको दाबी


इटहरी- सुनसरीमा आयोजित बर्जु महोत्सवमा भएको तोडफोडबाट आफ्नो कम्तीमा डेढ करोड रुपैयाँ बराबरको नोक्सान भएको र त्यसको क्षतिपूर्ति आयोजकले तिर्नुपर्ने माग भारत बिहारका भोजपुरी कलाकार खेसरीलाल यादवले गरेका छन्।
कलाकार यादव मंगलबार बर्जुमा आयोजित महोत्सवमा भारत पटनाबाट आउने कार्यतालिका थियो। तर उनलाई प्रशासनले विराटनगरमै रोक्यो।

यसै क्रममा यता महोत्सव स्थलमा भने आफूहरूसँग टिकटबापत पैसा असुलेर पनि आयोजकले कलाकार नल्याएको भन्दै आक्रोशित दर्शकले स्टेज तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगो लगाए।

बुर्जु महोत्सव गत पुस २२ गतेदेखि जारी थियो। तर कोरोना संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको थियो। तर आयोजकले अटेर गरी महोत्सव जारी राखेको थियो। सोही क्रममा उसले भोजपुरी कलाकार खेसरीलाल यादवलाई मंगलबार झिकाउने कार्यक्रम बनाएको थियो। तर उनलाई प्रशासनले विराटनगरमै रोकेपछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको हो।
यसमा आयोजक नै दोषी रहेको बताउँदै कलाकार यादवले भएको क्षति आयोजकले नै तिर्नुपर्ने दाबी गरेका हुन्।

‘प्रशासनले दुईदिनअघि नै रोक लगाएपछि महोत्सव रोक्नुपर्ने थियो। तर आयोजकले टिकट बिक्री गर्‍यो, तर मलाई यसबारे जानकारी थिएन’, कलाकार यादवले पत्रकारसँग भन्नुभएको ‘मलाई पनि गुमराहमा राखियो।’