अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभाको चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार

संखुवासभाको चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार


संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो।  

ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुंगा प्रहार भएको हो।

अज्ञात समूहको ढुंगा प्रहारबाट सामान्य घाइते टाउको, ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताउनुभयो । वडाध्यक्ष राई माथि ढुंगा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।