अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङमा एकैदिन ४६ जना संक्रमित थपिए

लमजुङमा एकैदिन ४६ जना संक्रमित थपिए


लमजुङ – लमजुङमा बुधबार एकैदिन ४६ जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन परीक्षण गराएका बेसीशहर, सुन्दरबजार, मर्स्याङ्दी, दोर्दी र राइनास नगरपालिकाका ४० जना र जिल्लाबाहिरका ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो  । संक्रमण पुष्टि हुनेहरूमा बेसीशहर नगरपालिका अन्तर्गतका १६ जना रहेका छन् भने सुन्दरबजार नगरपालिकाका १८ जना रहेका छन् ।

यसैगरी मर्स्याङ्दी र दोर्दी गाउँपालिकाका तीनरतीन जना, राइनास नगरपालिकाका एक जना, भानु ११ तनहुँका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कास्की, रुपन्देही र कालिकोट घर भई हाल लमजुङ बस्ने एकरएक जना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण अनुसार ०७८ वैशाख १ गतेदेखि हालसम्म जिल्लामा ३ हजार १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये हालसम्म २ हजार ९६२ जना कोरोना मुक्त भएका छन् भने ३९ जनाले ज्यान गुमाएका छन् । जिल्लामा अहिले १३० जना सक्रिय संक्रमित रहेको र अधिकांश संक्रमित होम आइसोलेसनमा रहेको प्रशासनले जनाएको छ ।